१३० औं अन्तराष्टिय श्रमिक दिवस मनाइदै

समाचार
भक्तपुर १९ बैशाख
१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा बुधबार ख्वप कलेजमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देश विकासको लागि असल, इमानदार र देशभक्त राजनीतिक नेता÷कार्यकर्ताहरू आवश्यक भएको बताए ।
एमाले र काङ्ग्रेसका नेताहरू भारतको ‘ट्रोजन हर्स भएको उल्लेख गर्दै अध्यक्ष रोहितले भने “अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र  त्यसले पार्ने प्रभावबारे जानकारी नराखी सत्तामा रहेका मन्त्री÷प्रधानमन्त्रीले  हस्ताक्षर गर्दा देशमा विदेशी हस्तक्षेप बढेको छ ।”
“जनताको पिर÷मर्कालाई सम्बोधन गर्ने र अन्यायविरूद्ध लड्ने नयाँ युवा पुस्ता तयार गर्न प्राध्यापकहरूले मेहनत गर्नुपर्छ । राम्रो राजनीतिक कार्यकर्ता तयार नभएसम्म देश अगाडि बढ्नेछैन ।”, उनले भने ।
बुद्धिजीवीहरूले मजदुर–किसानलगायत कामगरी खाने वर्गको पक्षमा लेख/रचनाहरू लेखी मजदुर दिवस मनाउनुपर्ने धारणा अध्यक्ष रोहितले राखे ।
भेनेजुयलामाथि संरा अमेरिकाको हस्तक्षेप निन्दनीय भएको चर्चा गर्दै उनले प्रश्न गरे, “भेनेजुयलमाथि संरा अमेरिकाले गरेजस्तै चीन र भारतले एसियामा हस्तक्षेप गरे संसारमा प्रजातन्त्र कहाँ रहन्छ ?”
भेनेजुयलामा आर्थिक सड्ढट आएको नभई ल्याईएको हो, भेनेजजुयलाको आफ्नै स्रोत–साधन छ ।” उनले भने ।
“ठूला सञ्चार माध्यमहरू पैसा कमाउने  पुँजीपति वर्गको सेवा गर्ने उद्देश्यले सञ्चालन भइरहेको हुँदा जनताको पक्षमा लेखेका लेख तथा समाचारहरू प्रकाशित नगरिएको हो”, उनले भने ।
पार्टीको सिफारिस वा भागवण्डामा मनोनयन भएका न्यायाधीशहरूले निष्पक्ष न्याय दिनेमा शड्ढा उठ्ने उनले उल्लेख गरे ।
कार्यक्रमका सभापति विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधानको मर्म र भावनाअनुसार देश अगाडि बढ्न नसकेको बताए ।
सरकारले सङ्घीयताको मान्यताविपरीत केन्द्रीकृत निर्णय लाड्नु गलत भएको उल्लेख गर्दै निजीकरणलाई जोड दिने नेकपा सरकार कम्युनिष्ट पार्टी स्पष्ट छ भने ।
विदेशी लगानी नाफा कमाउनकै लागि भएकोले स्वदेशी पुँजी विकास नभएसम्म देशले समृद्धि प्राप्त गर्न नसकिने बताए ।
विद्यालय सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले जनताको पक्षमा काम गरिरहेको बताऐ ।
शिक्षाको माध्यमबाट देशलाई अगाडि बढाउने लक्ष्य अनुसार भनपाले ७ वटा शैक्षिक संस्थाहरू सञ्चालने देशकै सेवा गरिरहेको बताए ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले मजदुर दिवसबारे बोलेको थियो ।
कार्यक्रममा शिक्षक राजेशकुमार श्रेष्ठ र सुनिता गाइसीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *