कोशी अस्पतालमा कोरोनाका कारण ३० वर्षीय युवकको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० साउन

कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो ।

उनको बिहिबार बेलुका आइसोलेसनमा मृत्यु भएको हो । उनको कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *