भक्तपुरमा नाचगान र बाजागाजा थन्क्याएर शान्तिपूर्ण गाईजात्रा

कला/साहित्य मनोरञ्जन समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ७ भदाै

आज काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।

पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । देशभरका नेवार समुदायमा गाईजात्राको प्रचलन रहे पनि काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ ।

उपत्यकाको भक्तपुरमा साँस्कृतिक विधिपूर्वक गाईजात्रा पर्व मनाइन्छ । घरघरबाट निकालिएको गाईजात्रा टोल परिक्रमा गरी घर आगनमा नै समापन गर्ने गरिन्छ । कोरोना महामारीका कारण हिजोआज स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ । तर प्रशासनिक नियमले यो साँस्कृतिक पर्वको रौनकलाई कम हुन दिएको छैन । यसपालिकाे गाइजात्रामा बाजागाजा प्रतिबन्ध लगाएपनि आकलझुकल बाजाकाे स्वर सुन्नमा आएकाे छ ।

मास्क र सामाजिक दूरी कायम गर्नका लागि जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगर पालिकाका कर्मचारीहरू ठाउँ ठाउँमा गस्ती र माइकिङ गर्दा पनि भीड नियन्त्रणमा आउन सकेन । जात्राकाे दिनभर नै काेराेना बिर्सेर रमाइलाेमा दिन बिताइएकाहरू बेलुकी अबेरसम्म पनि बाजा बजाएर परिक्रमा गरिरहेकाे पाइन्छ । समग्रमा जात्रा शान्तिपूर्ण रहेतापनि बाजा नभएका कारण बिगतका वर्षहरूमा झै मनैदेखि रमाइलाे गर्न नपाएकाे जनगुनासाे रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *