भक्तपुरमा खुशी प्लाजाको शुभारम्भ

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, १८ कात्तिक


भक्तपुरको च्याम्हासिंहस्थित ब्रम्हायणी रोडमा आइतवारदेखि खुशी प्लाजाको शभारम्भ गरेको छ । प्लाजाको एक समारोहबीच स्थानीय ज्येष्ठ नागरिक एवम् बाजागुरु लक्ष्मीनारायण कुसीले आफ्नो ८८औं जन्मदिनको अवसर पारी उद्घाटन गरेका हुन् । प्लाजामा दुई ओटा भवनहरु छन्, एउटा एकतल्ले र अर्काे दुईतल्ले । प्लाजा दुई रोपनी क्षेत्रफलमा फैलिएको सञ्चालक लक्ष्मीप्रसाद कुसी बताउँछन् । प्लाजाभित्र १८ ओटा पसल कवलहरू रहेका छन् ।
एक करोड रुपैयाँ लागतमा निर्माण भएको त्यस प्लाजा कृष्णगोपाल कुसी र लक्ष्मीप्रसाद कुसी दुई दाजुभाइले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । प्रशस्त पार्किङसहितको उक्त प्लाजा मध्यमवर्गीय जनतालाई लक्षित गरी सञ्चालनमा ल्याएको हो । कुनै पनि दिन विदा नहुने उक्त प्लाजा विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म नियमित रुपमा चल्ने सञ्चालक कुसी बताउँछन् ।
त्यस प्लाजाभित्र बजार प्रतिस्पर्धासँगै नयाँ योजनाको थप विस्तार गर्ने बताइएको छ । साथै सभाहलसहितको कार्यक्रमस्थलको निर्माणलाई भावी योजनामा राखिएको छ । प्लाजाभित्र भोजनालय, रेडिमेट जेन्स, लेडिज तथा बालबच्चाहरूका पोशाक तथा जुत्ताका आइटम राखिएका छन् । त्यस्तै ब्यूटि पार्लर, मोबाइल, सिलाइ व्याग तथा स्वच्छ मासुका पसलहरु रहेका छन् । बहुपक्षीय सामग्रीहरुका साथै बेकरी, पानीपुरी तथा विवाह ब्रतवन्धका लागि बाण्ड बाजालाई पनि प्लाजाले समाहित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *