भक्तपुरको परम्परागत बाजागाजा सोलुखुम्वुमा

मनोरञ्जन विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २३ माघ


भक्तपुरको परम्परागत बाजागाजा सोलखुम्वुको एउटा स्कुलको स्वर्ण महोत्सवमा प्रदर्शन गरिएको छ । सोलुखुम्वुस्थित बासाखाली माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा त्यहाँं भक्तपुरका विभिन्न बाजागाजाका साथै परम्परागत नृत्यहरु देखाइएको हो । धिमे बाजा, धिमे नृत्य, माक प्याखं (बाँंदर नाच) लगायतका बाजा तथा नृत्यहरु त्यहाँं देखाइएको हो ।
टोलीमा २१ जना रहेका थिए । ११ जना एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका र १० जना प्रशिक्षकहरु रहेको टोली नेतृ इन्दिरा लाछिमस्यूले जनाइन् । काठमाडौं उपत्यकाका नेवार समुदायमा मात्रै सीमित नाच, बाजागाजालाई देशका कुनाकाप्चामा फैलाउन पाउँंदा आफूलाई खुशी लागेको लाछिमस्यूले बताइन् । भक्तपुरको परम्परागत मौलिक बाजा तथा नृत्यलाई देशभरि नै प्रवद्र्धन गर्न सोलुखुम्वुका बासाखाली स्कुलमा आफना विद्यार्थीलाई पठाउन पाएकोमा एभरेष्ट इगलिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारीले खुशी साटे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *