काठमाडौं उपत्यकामा एक हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २० साउन

पछिल्लो २४ घण्टामा काठमडौंमा १ हजार २७९ जना कोरोना संक्रमित भएका छन्।

स्वाथ्स्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ९०८ जना, भक्तपुरमा २०६ र ललितपुरमा १६५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ५३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *