सिप र कला प्रर्दशनका लागि जयनगरमा फर्निचर मेला

अर्थ/वाणिज्य समाचार

 

रौतहट २० माघ


सिप र कलालाई प्रर्दशन गर्ने उदेश्यले प्रत्येक बर्ष झै यस बर्ष पनि रौतहटको जयनगरमा फर्निचर मेला लागेको छ । आर्कषक तरिकाले बनाईएका काठका फर्निचर समाग्री मेलामा बिक्रिका लागि राखिएको छ । रौतहट सहित सर्लाही, बारा, महोतरी लगायतका स्थानबाट व्यवसायी फर्निचर सामग्री बिक्रिका लागि मेलामा आएका हुन् । मेलामा काठका विभिन्न प्रकारको फर्निचर सामानहरु बिक्रीको लागि राखिएकाले सर्वसाधरणको आकर्षण भने बढ्दै गएको छ । मेलामा बिक्रि गर्ने फनिर्चरहरु बलियो र सस्तो हुने भएकाले खरिदका लागी सर्वसाधारणको आर्कषण बढेको स्थानिय मनोज चौधरीले बताए । फर्निचर शो रुममा भन्दा ३० प्रतिशत सम्म मेलामा फर्निचर सामग्री सस्तो पाईने गरेको उनको भनाई छ । त्यसैले मेला अवधि भर फर्निचर व्यवसायीको आम्दानी राम्रो हुने उनको भनाई छ । साल, सिसौ, टिक, मसला, आँप लगायत विभिन्न जातको काठबाट आर्कषक तरिकाले बनाईएका फर्निचर सामग्री मेलामा पाईने गरेको उनको भनाई छ । फर्निचर सामग्री खरिदका लागी सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर लगायतका स्थानबाट सर्वसाधरण आउने गरेका छन् । आर्कषक तरिकाले बुट्टा कुदिँएका पलंङ्ग, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हसिँया, कुटो, बञ्चरो, खुकुरी लगायतका सामग्री निर्माण गरी मेलामा बिक्रिका लागि राखिएका छन् । प्रत्येक बर्ष मेलामा आएका गरुडाका व्यवसायी जयरथ ठाकुरले यस बर्ष पनि करिव ३५ लाख भन्दा बढिका फर्निचर सामग्री बिक्रिका लागि ल्याएका छन् । यस अघिको मेलामा १५ लाख भन्दा बढिको सामग्री बिक्रि गरेका उनले यस बर्ष २० लाखको बिक्रि गर्ने लक्ष्य लिएका छन् । आर्कषक तरिकाले बुट्टा कुदिँएर बनाईएको एउटा पलङ्गको १ लाख २५ हजार भन्दा बढि मुल्य पर्ने फर्निचर व्यवसायी जयरथ ठाकुरको भनाई छ । बिगत पाँच बर्ष देखि मेलामा फर्निचर सामग्री बिक्रि गर्दै आएका ठाकुरले हरेक बर्ष दोव्वर सामग्री बिक्रि गर्ने गरेको बताँउछन् । यस बर्ष ३५ बटा पलङ्ग र अन्य सामग्री मेलामा बिक्रिका लागि राखिएको उनको भनाई छ । करिव पाँच महिना अघि देखि नै मेलाका लागि फर्निचर सामग्री बनाउने गरेका छौ उनले भने,“ उक्त सामग्री बजारीकरणका लागि मेला नै उपयुक्त छ । यस बर्ष करिव तिन सय भन्दा बढि व्यवसायीले फर्निचर सामग्री बिक्रिका लागि मेलामा राखेका छन् । प्रत्येक बर्ष मेलामा फर्निचर सामग्री बिक्रि गर्ने व्यवसायीको संख्या बढ्दै गएको छ भने छिमेकी जिल्लाका व्यवसायीले समेत मेलाबाट लाभ लिने गरेका छन् । नेपाल विश्वकर्मा बजार समितिको आयोजनमा प्रत्येक बर्ष श्रीपञ्चमीको अवसर फर्निचर मेला लाग्दै आएको छ । करिव एक दशक देखि लाग्दै आएको मेलामा बिक्रेता तथा खरिदकर्ता दुवैको आर्कषण बढेको मेला समितिका सचिव बिरेन्द्र यादवले बताए ।दैनिक १ हजार भन्दा बढि सर्वसाधरण मेलामा आउँछन् उनले भने, “मेलाअवधि भर करिव ५० हजारले अवलोकन गर्ने अनुमान गरीएको छ । एक जना फर्निचर व्यवसायीले मेला अवधिमा २ लाख देखि ४५ लाख सम्म सामग्री बिक्रि गर्ने गरेको उनले बताए । पछिल्लो समयमा फर्निचर मेला प्रति सर्वसाधरणको आकर्षण बढ्दै गएकाले यस पटकको मेलामा भने २२ करोड रुपैयाँभन्दा बढीको कारोवार हुने उनको अनुमान छ । गत बर्ष २ सय फर्निचर व्यवसायीले मेलामा सामग्री बिक्रिका लागि राखेको र २१ करोडको कारोबार भएको उनले बताए । सर्वसाधरण र फर्निचर व्यवसायीको आर्कषण बढ्दै गएकाले कारोबार बढ्ने मेला समितिका सचिव यादवको भनाई छ । एक महिना सम्म रहने मेलामा सुरक्षा, खानेपानी, शौचालय तथा प्रयाप्त जमिन लगायतको उचित व्यवस्थापन नभएको फर्निचर व्यवसायीको गुनासो छ । व्यापार व्यवसाय प्रर्वद्धनका लागि उपयोगी बनेको मेलालाई व्यवस्थित गर्न सके आर्थिक गतिविधि बढ्ने रौतहट उद्योग बाणिज्य संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *