थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १३ असार

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार आरटी-पीसीआर र ३ हजार ८३६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणमा एक हजार ३५३ र एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ।

गत २४ घण्टामा नै ३४ जना संक्रमतिको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ।

गत २४ घण्टामा ३ हजार ७ संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *