भक्तपुर बचतद्वारा कसिमला र पेकुंधु खेल उत्साहजनक रूपमा सम्पन्न

अर्थ/वाणिज्य खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २० चैत


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को खेलकुद उपसमितिको आयोजनामा यही चैत १८ गतेदेखि स्थानीय वाकुपति नारायण स्थानमा भएको कसिमला पाँय् र बाघचाल(पेकुंधु) खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।


संस्थाले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यवद्र्धक एवं सदस्य तथा गैरसदस्य लक्षित विभिन्न सिपमूलक तथा रोजगारमूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको संस्थाले जानकारी दिएको छ ।


यसै सिलसिलामा भएको उक्त खेलकुद प्रतियोगितामा उत्साहवद्र्धक सहभागिता रहेको आयोजकले बताएको छ ।
कसिमला पाँय् खेलमा ३७ जना सहभागी रहेकोमा हरिचन्द्र प्रजापति प्रथम, लक्ष्मी भक्त सुवाल द्वितीय, इन्द्र बहादुर देउपाला तृतीय र सत्यनारायण दिदीया सान्त्वना हुन सफल भएका छन् । त्यस्तै बाघचाल (पेकुंधु) खेलमा १६ जना सहभागी रहेकोमा चन्द्र बहादुर ज्याख्व प्रथम, असल बहादुर प्रजापति द्वितीय, विष्णु सुवाल तृतीय र पुरुषोत्तम प्रजापति सान्त्वना हुन सफल भएका छन् ।


नकआउट चरणमा खेलाइएको उक्त दुवै खेलका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका रवीन्द्र खर्वुजाले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार राशीको पुरस्कार, ट्रफी तथा प्रमाणपत्रसहित खेलसामग्री एक÷एक सेट वितरण गरेको थियो । आयोजक समितिका संयोजक राजेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापति, उपसमितिका सदस्य गंगा प्रसाद प्रजापतिले खेलकुद प्रतियोगितालाई निरन्तरता दिइरहने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *