पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ असार

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ।
२४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *