सरस्वती मूर्तिको कारोवारमा वृद्धि

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

इनरुवा, २५ माघ


सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए ।

यहाँका विद्यार्थी र शिक्षकले पूजा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा शहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । सरस्वती पूजालाई लक्षित गरेर इनरुवाका मूर्तिकारले हजारौ मूर्ति निर्माण गरेका छन् । मूर्तिकारले रु दुई हजारदेखि रु २२ हजारसम्मको कलात्मक मूर्ति बनाएर बिक्री गर्ने तयारीमा रहेको अर्का मूर्तिकार राजकुमार यादवले बताए । सुनसरीमा १० हजारको सङ्ख्यामा सरस्वतीको मूर्ति निर्माण र खरीदबिक्री हुने गरेको छ ।

मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय विद्यार्थीको भनाइ छ । मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *