स्वास्थ्यमन्त्री तामाङको सम्पति कति?

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २७ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्।

मन्त्री नियुक्त भएको केही दिनमै तामाङले आफ्नो सम्पति विवर‌ण सार्वजनिक गरेका हु्न्। सोमबार (जेठ २४ गते) नै सार्वजनिक गरिए पनि मन्त्री तामाङको सम्पति विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उपलब्ध गराएको छ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मन्त्री तामाङको नाममा  सिन्धुपाल्चोक जिल्लामा अंशको रुपमा प्राप्त करिब १७ रोपनी जग्गा छ। तामाङको नाममा काठमाडौंमा पनि ६ आना जति जग्गा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

स्वास्थ्यमन्त्री तामाङकी पत्नी (प्रदेश १ सरकारमा मन्त्री) रहेकी उषाकला राईको नाममा तराईं (मोरङ जिल्लाका विभिन्न ठाउँमा) २ विघाभन्दा बढी र  पहाड (खोटाङ)मा १०५ रोपनी (पुर्ख्यौली) जग्गा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

सम्पति विवरणमा तामाङले पुर्ख्यौली र खरिद गरेको समेत गरी २२ तोला सुन रहेको पनि उल्लेख गरेका छन्। तामाङले आफूसँग नगद २ लाख १६ हजार रुपैयाँ बैंक मौज्दात रहेको पनि सम्पति विवरणमा उल्लेख गरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *