लोकन्थलीमा पहिरोबाट घर जोखिममा

समाचार

भक्तपुर, १५ भदौ


केही दिन अघिमात्र पहिरोको जोखिम मोलीरहेका भक्तपुर मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा आज बिहान फेरि पहिरो गएको छ । पहिरोबाट ६ घर उच्च जोखिममा परेका छन् भने सडक पनि भासिएको छ ।मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामको प्रयास भएपनि सोहि ठाउँमै पुनः पहिरो गएको हो ।पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीव ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान र मान्छेलाई अन्यत्र राखि घर खाली गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *