कोरोनाको असर घरजग्गा व्यवसायमाः बैंकको ब्याज बढ्दो, घरजग्गाको भाउ घट्दो

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
चितवन, २४ जेठ


झण्डै तीनबर्षदेखि ओरालो लाग्दै गएको चितवनमा घरजग्गाको कारोबार कोरोनाको कहरले थप थलाइदिएको छ । निशेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपछि घरजग्गा कारोबार ठप्प हुंँदा व्यवसायी मारमा परेका छन् । निषेधाज्ञा अघि कारोबारले बामे सर्दै गरेपनि हाल निषेधाज्ञापछि भने कारोबार, कर्जाका काम तथा अंशवण्डा काम रोकिएकाले यस क्षेत्रमा असर परेको हो । जसले गर्दा जग्गा व्यवसायीले करौडौं रकम ब्याज तिर्न सकेका छैन भने घरजग्गाको भाउमा पनि बृद्धि हुन नसकेको व्यवसायीले बताउंँदै आएका छन् । बिक्रमबाबा हाउजिङ्ग कम्पनीका अध्यक्ष लेखराज पन्त कित्ताकाट बन्द भएका कारण र कोरोनाको कारण घरजग्गा व्यवसायी न घर न घाटको स्थितिमा पुगेको बताउंँछन् । ‘एक त कित्ताकाट बन्द छ, अर्को कुरा कारोबार पनि छैन, भाउ पनि छैन ।’ उनले भने ।

बैंकको ब्याजको तुलनामा जग्गाको भाउ कम हुंँदा आफूहरु थप थलिंँदै गएको पन्तले बताए । हाल जिल्लाका मालपोत कार्यालयमा अंशवण्डा, केही रजिष्ट्रेशन पास र कर्जाका लागि जग्गा रोक्का गर्न नपाउंँदा व्यवसायीलाई मात्र नभई सेवाग्राही र सरकारलाई समेत असर परेको छ ।
प्रभु हाउजिङ्ग कम्पनीका अध्यक्ष एवं नारायणी घरजग्गा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव कार्की घरजग्गा व्यवसायलाई व्यवसायको रुपमा नहेर्दा पनि यो क्षेत्र तहसनहस भएको बताउंँछन् । ‘घरजग्गा क्षेत्रमा व्यवसायीको आकर्षण पनि छ, हरेक नागरिकको लागि आवश्यक क्षेत्र पनि हो उनले भने, राज्यले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित नबनाउंँदा यस क्षेत्र धराशायी हुंँदे गएको हो ।’ सरकारले नेपालबाट गिट्टी बालुवा पैठारी गर्न नीति बनाउंँछ तर भू–उपयोग नीति भने लागू गर्न सक्दैन । उनले भने ।

आर्थिक गतिविधि ठप्प हुंँदा र मानिसको क्रयशक्ति क्षमतामा ह्रास हुंँदा पनि घर जग्गा कारोबारमा शिथिलता आएको हो । यो क्षेत्र करोडौंको रुपैयांँ लगानी हुने क्षेत्र र अन्तरनिर्भर व्यवसाय पनि हो ।
घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र चलायमान बनाउंँदैन यसले राजस्व संकलनको साथै अन्य व्यवसायलाई पनि गति दिनका लागि सहयोग गर्दछ । ‘घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र प्रभाव पार्दैन चितवन गुरांँस इन्भेष्टमेण्ट एण्ड डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक दिनेशकुमार चुके भन्छन्, यसक्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने होटल, यातायात तथा बैकिङ्ग क्षेत्रलाई पनि चलायमान बनाउंँछ ।’ विगत केही बर्षदेखि सुस्ताएको घरजग्गा व्यवसायलाई कोरोनाका कारण मालपोत कार्यालय बन्द हुंँदा थप समस्या परेको उनले बताए । ‘यो क्षेत्र पनि अति प्रभावित क्षेत्र भित्र पर्दछ, उनले भने, न ब्याजमा सहुलियत छ न कुनै बिशेष प्याकेज नै । सरकारले हेर्ने दृष्टिकोण पनि सही छैन ।’ यस क्षेत्रलाई उकास्न र घरजग्गामा सबै नागरिकको पहुंँच बनाउन भूउपयोग नीति र सरल किस्ताबन्दी र सहुलियत ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने उनको बुझाइ छ । अघिल्लो बर्ष भन्दा कोरोना कहरपछि झण्डै ८० प्रतिशतसम्म घरजग्गा कारोबारमा कमी आएको उनले बताए ।

 

निषेधाज्ञाले राजस्वः संकलनमा पनि असर

चितवनमा निशेधाज्ञाका कारण बैशाख १७ देखि जिल्लाका मालपोत कार्यालय बन्द हुंँदा राजस्व संकलनमा पनि असर परेको छ । प्रायः दैनिक भीडभाड हुने सरकारी कार्यालय भित्र पर्ने यो कार्यालयमा निषेधाज्ञा कारण झण्डै डेढ महिनादेखि कार्यालय सञ्चालन आउन सकेको छैन । एकातिर राजस्व संकलनमा असर परेको छ भने अर्कोतिर सेवाग्राहीको काम समेत प्रभावित भएको छ । मालपोत कार्यालय, भरतपुरका प्रमुख शेरबहादुर भण्डारी निषेधाज्ञाका कारण मालपोत कार्यालय बन्द हुंँदा राजस्व संकलनमा ठूलो असर पुगेको बताउंँछन् । ‘मासिक १८ करोड सम्म राजस्व उठ्ने यो कार्यालयमा अहिले बन्द हुंँदा संकलन शुन्य छ ।’ उनले भने । कार्यालयका अन्य आन्तरिक काम पनि हुन नसकेको र अन्य कर्मचारी पनि जोखिमका कारण कार्यालय जान नसकेको उनले बताए । निषेधाज्ञाले राज्यको राजस्व मात्र नभई सेवाग्राहीको सेवा प्रवाहमा समेत ठूलो असर परेको बताउंँछन् कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिना । ‘एकदम भीडभाड हुने क्षेत्र हो यो । खुल्ला हुंँदा कोरोनाको जोखिम बन्द हुंँदा अरु असर परेको छ ।’ तिमिल्सिनाले भने । आर्थिक बर्ष अन्त्यको समय आएकोले र यसलाई लयमा फर्काउन आंँशिक रुपमा भएपनि कार्यालय सुचारु हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *