४४७२ जना नयाँ संक्रमित थपिए, ९२ को मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ जेठ

४४७२ जना नयाँ संक्रमित थपिए, ९२ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ४४७२ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै विगत केही दिनदेखि कोरोना भाइरस संक्रमित भन्दा निको हुने दर धेरै हुँदै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ।  बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।
सोमबार कोरोना संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट ७ हजार ९९० जनाको मृत्यु भएको छ भने ५ लाख ९१ हजार ४९४ कोरोना संक्रमित पुगेको छ । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *