काठमाडौं उपत्यकामा ८९५ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९५ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जनालाई  कोरोना संक्रमण देखिएको छ।

नेपालमा एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ४ हजार ५ छ। योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *