पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २३ जेठ

नेपालमा एकै दिन ६ हजार ६३६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर पुगेको छ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ९१ हजार नाै पुगेको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ८३.५ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *