भक्तपुर क्यान्सर अस्पतालमा ३२ बर्षीया महिलाको पेटबाट निकालियो ३५ किलोको ट्युमर

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
भक्तपुर, २३ जेठ

भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर निकालिएको छ। काठमाडौं स्वायम्भु निवासी ती महिलाको डा सृष्टी श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आज आइतबार सफल शल्यक्रिया गरेको हो।

ती महिलामा एक वर्षअघि नै पेट फुल्ने समस्याको जाँचका लागि अस्पताल पुग्दा सिस्टको समस्या पत्ता लागेको थियो। तर अहिले उक्त बिरामीलाई असहज र पेट निकै ठूलो भए पछी मात्र उपचारका लागि अस्पताल पुगेकी हुन्।

अस्पतालमा आवश्यक जाँचपछि शल्यक्रिया गर्ने निर्णय भएको थियो।

शल्यक्रिया गर्ने टोलीमा आफू सहित डा उषा बाडे श्रेष्ठ,  डा अनिसा श्रेष्ठ,  डा रन्जना मण्डल र डा देवकी गुवाजु रहेको डा प्रजापतिले जानकारी दिइन्।

उनका अनुसार अस्पतालमा यति ठूलो ट्युमरको शल्यक्रिया गरिएको सम्भवत: यो नै पहिलोपटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *