वीर अस्पतालको विस्तारित परियोजना राष्ट्रिय गौरवको आयोजनामा समावेश

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १५ जेठ

सरकारले वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्ने परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने भएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भक्तपुरको दुवाकोटमा निर्माण गर्न लागिएको अस्पतालको परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने बताए।

भक्तपुरको दुवाकोटमा आगामी तीन वर्षभित्र सेवा सञ्चालन हुने गरी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गरिने उनले बताए।

उनले भने, ‘वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण गरिनेछ। तीन वर्ष भित्र सेवा सञ्चालन गरिने गरी निर्माण सम्पन्न गरिनेछ।’

आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्व तयारी कार्य सम्पन्न गरिने उनले बताए। साथै भौतिक पूर्वाधार, उपकरण र दक्ष जनशक्ति व्यवस्थापन एकसाथ पुरी अस्पताल सञ्चालइनमा ल्याइने अर्थमन्त्री पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *