पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, १८ जेठ

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८९८ जना निको भएका हुन्।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ। यो कुल संक्रमण दरको ८० दशमलब २ प्रतिशत हो।

मंगलबार थप ६ हजार ८५ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ।

यस्तै मंगलबार थप ६८ जनाको मृत्यु भएसँगै हालसम्म ७ हजार ४५४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *