चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

अन्तर्राष्ट्रिय अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १८ जेठ

चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले मंगलबार दिउँसो बेइजिङबाट उक्त खोप काठमाडाैं ल्याएको हो।

खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मे मा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

साेही अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *