भक्तपुरमा विज्ञान शैक्षिक सामग्री प्रदर्शनी

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, ५ असोज


संयुक्त परीक्षा समिति भक्तपुरको क्यालेण्डरअनुसार चाँगुनारायण माध्यमिक विद्यालय दुवाकोटद्वारा माध्यमिक, निम्न माध्यमिकस्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शनी, २०७५ शुक्रवार आयोजना गरेको छ ।
प्रदर्शनी प्रतियोगितााका प्रमुख अथिति समितिका अध्यक्ष एवम् वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले एक्काइसौं शताब्दीमा विज्ञान शिक्षाको अति महत्व रहेको बताए । नेपालको विकास र गरीबी अवस्था सुधार्न विज्ञान विषयको छनोट गर्नुपर्ने उनी बताउँछन् ।


भक्तपुर जिल्लाका १६ वटा माध्यमिक विद्यालयबाट करीब ४० वटा विज्ञान विषयको शैक्षिक सामग्री प्रदर्शनी गरिएको उक्त कार्यक्रमको उद्घाटन जोरपाटी माविका विद्यार्थीहरुले आकाशमा रकेट उडाएर गरे । भक्तपुर जिल्लाका २५ वटा विद्यालयका करीब एक हजार विद्यार्थीहरुले उक्त प्रदर्शनीको अवलोकन गरे ।
चाँगुनारायण माविका प्रधानाध्यापक दधिराम गेलालको सभापतित्वमा भएको प्रदर्शनीपश्चात पुरस्कार वितरण समारोहमा आदर्श आजाद मा.वि.का प्रधानाध्यापक श्रीकृष्ण किसी र गणेश मावि, छालिंगका प्रधानाध्यापक इन्द्रबहादुर फोंजूले आफ्ना विचार व्यक्त गरेका थिए ।
चाँगुनारायण माविका सहायक प्रधानाध्यापक रामप्रसाद न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रमलााई अंग्रजी शिक्षक गुणराज लुइटेलले सञ्चालन गरेका थिए । विज्ञान विषयलाई केन्द्रमा राखेर प्रदर्शनी गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट सोधिएका प्रश्नहरुको प्रदर्शनीस्थलबाटै सन्तोषजनक जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *