पछिल्लो २४ घण्टामा ६०८५ जना संक्रमित, ६८ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १८ जेठ

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र  ३ हजार १८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ५ हजार २८५  जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख ४ हजार ७८९ जना  सक्रिय संक्रमित रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *