मन्त्रीपरिषद् बैठकबाट खतिवडाको विदाई, आज नै राजीनामा दिने उद्घोष

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १९ भदाै

अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाको मन्त्रीपरिषद्ले विदाई गरेको छ । अन्तिम मन्त्रीपरिषद बैठकबाट डा. युवराज खतिवडाको विदाई भएसँगै खतिवडाले आजै राजिनामा दिने उद्घोष गरेका छन् ।

उनले बैठकमा सरकारबाहिर रहेर पनि आफूले सहयोग गर्ने बताएका छन्। आफूलाई दिएको अवसरका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले खतिवडाको विदाई गरेसँगै राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ ।  बामदेवको सिफारिस प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लैजाने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *