पछिल्लो २४ घण्टामा २७६० कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १७ असार

नेपालमा पछिल्लो २४ घण्टामा साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार १४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार १७ जना संक्रमित कोरोनामुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *