पछिल्लो २४ घण्टामा ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १७ जेठ
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५  जनाको पिसिआर र  २ हजार ४२५  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार १७८  जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख ६ हजार ४७० जना  सक्रिय संक्रमित रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ४९१ जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *