तथ्यांकमा ७७२ आइसियु र ३९५ भेन्टिलेटर खाली! तर संक्रमितले पाउँदैनन् कुन प्रदेशमा कति आइसियु र भेन्टिलेटर? कति संक्रमित उपचाररत?

न्यूज अपडेट काठमाडाैं, २० बैशाख  केही दिनअघि डा अनुप बास्तोलाले लेखेका थिए : ‘टेकु अस्पताल भरिसक्यो। थप बिरामी राख्ने संभावना न्यून छ। अब वार्डबाट आइसियुमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई आइसियु र भेन्टिलेटरका लागि दिनमा कयौँ पटक […]

Continue Reading

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशनचिकित्सा शिक्षाका विद्यार्थीलाई पनि अस्पतालहरुमा खटाइने

न्यूज अपडेट काठमाडाैं, २० बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन सार्वजनिक सूचना जारी गरेको छ। मन्त्रालयमा आइतबार भएको छलफलमा उनीहरुलाई सेवामा खटाउने निर्णय भएको हो। यस्तै, मन्त्रालयले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई […]

Continue Reading

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, २० बैशाख सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हाे। बैठकमा सहभागी एक मन्त्रीका अनुसार आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि बन्द हुनेछ। त्यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने […]

Continue Reading

भारतमा ३ लाख ७० हजार संक्रमित थपिँदा ३४ सयभन्दा बढीको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २० बैशाख भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक चार लाख नाघ्न थालेको छ। भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ७० हजार ५९ जना नयाँ […]

Continue Reading

३७ वर्षीय संक्रमितको बेड खोज्दाखोज्दा अस्पतालमै मृत्यु

न्यूज अपडेट काठमाडाैं, २० बैशाख सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीय  एक पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ। शुरुमा उनलाई काेराेनाकाे लक्षण देखिएकाे थियाे। लक्षण देखिएपछि उनी शुक्रवार चाैतारा जिल्ला अस्पताल भर्ना भएका थिए। उनलाई झन समस्या भयाे। लगत्तै जिल्ला अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरियाे। […]

Continue Reading