सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १७ जेठ

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ७ सय ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ६, उदयपुरमा ८, ओखलढुंगामा १३, खोटाङमा २७, झापामा १८५, ताप्लेजुङमा २६, धनकुटामा १७, पाँचथरमा १, भोजपुरमा ४, मोरङमा २५२, संखुवासभामा ५, सुनसरीमा १६४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ११७, पर्सा १८, बारामा २९, महोत्तरीमा ३४, रौतहटमा १७, सप्तरीमा ४७, सर्लाहीमा ४० र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ८९० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११३, चितवनमा १२६, दोलखामा १९, धादिङमा २२०, नुवाकोटमा ६२, भक्तपुरमा १२१, मकवानपुरमा १४१, रसुवामा १२, रामेछापमा १३, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा ९४ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा ५३, तनहुँमा ३२, नवलपरासी पूर्वमा २७, पर्वतमा २०, म्याग्दीमा १०, लमजुङमा १९, बागलुङमा २ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा ६, गुल्मीमा ५, दाङमा ७५, नवलपरासीमा ११, पाल्पामा ४१, प्युठानमा ३, बर्दियामा ६, बाँकेमा १२, रुपन्देहीमा १२० र रोल्पामा ७ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ५, जुम्लामा १३, रुकुम पश्चिमा ४, सल्यानमा ४५ र सुर्खेतमा २५ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५२, कञ्चनपुरमा ५४, कैलालीमा १९५, डडेल्धुरामा ११, डोटीमा १, दार्चुलामा ७४ र बैतडीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *