भक्तपुरमा अक्सिजन नपाएर दुईजना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट भक्तपुर, २४ बैशाख अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार १ सय ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्। यो सँगै नेपालका कोरोना निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ। यो दर कुल संक्रमितको ७८ दशमलब २ प्रतिशत हो। हालसम्म […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ४ हजार १०६ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख काठमाडौं उपत्यकामा एकै दिन (शुक्रबार) ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्। शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३  हजार ८९ छन्। यस्तै, ललितपुरमा ६४३ र भक्तपुर जिल्लामा ३७४ जना […]

Continue Reading

९५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख आइसीयू र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। देशभर हाल साढे ९ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ७२८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९५९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५० जना काेराेना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५७९  पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित […]

Continue Reading

नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो। १९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको […]

Continue Reading

अन्तर्राष्ट्रिय उडान मध्यरातिबाट बन्द , चार्टर्ड उडान जारी

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच […]

Continue Reading