अक्सिजन प्लान्ट जडान गर्न तीन अस्पताललाई पाैने ६ करोड उपलब्ध गराउने निर्णय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ जेठ

अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पाैने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्। अर्थमन्त्रीको शपथपछि पदवहाल ग्रहण गर्ने क्रममा उनले उक्त पहिलो निर्णय गरेका हुन्।

अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएसँगै अर्थमन्त्रीसहित पुरानै मन्त्रीहरुले निरन्तरता पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संसद्को ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। प्रधानमन्त्रीले शुक्रवार दिउँसो राष्ट्रपतिबाट शपथ लिएसँगै मन्त्रीहरुलाई शपथ गराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *