पछिल्लो २४ घण्टा १४५ संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २ जेठ

पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ।

आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४  जनाको एन्टीजेन  परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ।
आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *