सत्तारुढ दलको साझा संकल्पः राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन, बीमाको दायरा बढाउने 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ६ चैत

सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन्।

साझा संकल्पमा सबै जनतामा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने तथा सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुऱ्याउने उल्लेख छ।

यसैगरी दायरा बढाउँदै किफायती स्वास्थ्य बीमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने, सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल अक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधी नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *