मानसिक समस्याका कारण, १७ लक्षण र १० बच्ने उपायहरु

विशेष समाचार समाचार स्वास्थ्य
धनलाल पाण्डे

काठमाडाैं, ११ जेठ

इतिहास:
नेपालमा एकदमै कम अध्ययन तथा राज्यको लगानी नभएको विषय हो मानसिक स्वास्थ्य। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या भएको तथ्य देखाएको छ। नेपालमा विसं १९६० भन्दा पहिले मानसिक समस्याको उपचारका लागि भारतको राँची, गोरखपुर र लखनउ जाने र कसैले वैकल्पिक विधिहरु जस्तैः आयुर्वेदिक, धामी, झाँक्री, वैद्यबाट उपचार गराउँदै आएको इतिहास छ।

आधुनिक कालमा नेपालमा मानसिक स्वास्थ्य सेवा राजा महेन्द्रले विसं १९६१ मा पहिलो पटक वीर अस्पतालबाट मानसिक ओपिडी सेवा सुरु गर्नु भएको हो। त्यसपछि वीर अस्पतालमा १९६५ मा मानसिक बिरामीलाई भर्ना गर्ने गरी १० शय्याको सेवा सुरु भयो। १९७६ मा आर्मी र आर्मीका परिवारका लागि भनेर त्रिचन्द्र आर्मी अस्पतालले १० बेडको मानसिक स्वास्थ्य सेवा दिन सुरु गर्‍यो। १९८४ मा वीर अस्पतालले मानसिक सेवा दिन एक छुट्टै मानसिक अस्पतालको सुरुवात गरी २५ बेडको सेवा सुरु गर्‍यो।

जो अहिले लगनखेल मानसिक अस्पतालको नामले चिनिन्छ र अहिले ५० बेडको सेवा दिँदै आइरहेको छ। १९८६/८७ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि ओपीडी र १२ बेडको मानसिक सेवा सुरु गर्‍यो। २०२२ सम्म आइपुग्दा नेपालमा हाल ५०० भन्दा धेरै मानसिक बेड, २०० भन्दा धेरै मानसिक रोगका डाक्टरहरु तथा अन्य स्वास्थ्यकर्मीहरुले मानसिक स्वास्थ्य सेवा दिँदै आउनु भएको छ।

मानसिक रोगको परिचय 
१.    मानसिक समस्या भन्नाले कुनैपनि व्यक्तिको बानी व्यवहार, सोच, विचारमा परिवर्तन भइ दैनिक क्रियाकलापहरु गर्न सक्दैन वा गाह्रो हुन्छ भने यस्तो समस्यालाई मानसिक समस्या वा मानसिक रोग भनिन्छ।
२.    मानसिक समस्या पनि अरु रोगीहरुलाई जस्तै उपचार गर्‍यो भने ठिक हुन्छ।
३.    मानसिक समस्या जस्तोसुकै धर्म, लिंग, उमेर, जाती, पेशा, वर्ण तथा सामाजिक अवस्थाको मानिसहरुलाई हुन सक्छ।
४.    नेपालमा मानसिक समस्या भएका मानिसहरुलाई हेर्ने दृष्टिकोण राम्रो नभएकोले गर्दा मानसिक बिरामीहरुलाई उपचार गर्न थप चुनौती भएको देखिन्छ।

मानसिक समस्याका ११ कारणहरु
१.    गरिबी (Poverty)
२.    वंशाणुगत कारण (Hereditary)
३.    बच्चा बेलाको वातावरण (Childhood abuse, trauma, neglect etc.)
४.    सामाजिक विकृतीहरु (Stigma, isolation, discrimination)
५.    तनावग्रस्त जिवनशैली (Financial, love life, physical condition etc.)
६.    टाउकोमा घाउ वा चोटपटक लागेमा (Traumatic brain Injury)
७.    मादक पदार्थको सेवनबाट (Alcohol consumption)
८.    लागुऔषधको प्रयोगबाट (Drugs abuse)
९.    Chemical imbalance like hormone, neurotransmitters etc.
१०.    राजनीतिक कारण
११.    एक्लोपन
मानसिक समस्याका १७ वटा लक्षणहरु
१.    कानमा आवाजहरु आउनु
२.    असामान्य कुराहरु देख्ने
३.    गलत कुरा मा सत्यता खोज्नु वा भन्नु
४.    कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
५.    धेरै रिसाउनु वा अरुलाई कुटपिट गर्नु
६.    दैनिक कार्यहरु पुरा गर्न नसक्नु
७.    निद्रामा गडबडी हुनु वा निद्रा नलाग्नु
८.    छटपटी हुनु
९.    मर्ने सोच आउनु
१०.   मर्ने प्रयास गर्नु
११.    चिटचिट पसिना आउनु
१२.    एकदमै डर लाग्नु
१३.    एक्लै हुन मन पराउनु
१४.    एकोहोरो हुनु
१५.    एकदमै गल्ती गरेको महसुस गर्नु
१६.    धेरै रिसाउने
१७.    दैनिक कामहरू पुरा गर्न नसक्नु

मानसिक समस्या हुनबाट १० वटा बच्ने उपायहरु 
१.    आफ्नो बारेमा अरुसँग खुलेर कुरा गर्ने
२.    राम्रोसँग सुत्ने
३.    स्वस्थ खानपिन
४.    दैनिक शारीरिक कसरत गर्ने
५.    काममा व्यस्त हुनु
६.    अनावश्यक तनाव नलिने
७.    राम्रो साथीहरुसँग मात्र संगत गर्ने
८.    मादकपदार्थ र लागुऔषधको सेवन नगर्ने
९.    लगातार स्वास्थ परीक्षण गर्ने
१०.  मानसिक रोग भएका बिरामीहरुले पनि अरु रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचापको औषधि लगातार सेवन गर्ने र घरमा राख्न नसक्ने अवस्थामा मानसिक पुर्नस्थापना केन्द्रमा भर्ना गरेर पुरा उपचार गराउने गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *