काठमाडौं उपत्यकामा ३६३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ पुस

पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ३०५ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २ जना र ललितपुरमा २ जना गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९४ हजार ६९ जना संक्रमित भएका छन्, जसमध्ये ४५२ जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार ५३०  जना निको भएका छन्। ललितपुरमा १४ हजार ६४७ जना संक्रमित भएका छन्। जसमा १३९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ७७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५८९ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १५९ जना निको भएका छन्।

आज काठमाडौंमा ४ हजार ८७ ललितपुरमा ७३५ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ७७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। २४ घण्टामा ९४७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ४० हजार  ३६३  पुगेको छ।

आज देशभर ९ हजार ५८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७४९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *