विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको छात्रा भलिबल प्रतियोगिता वडा नं २ का वडाध्यक्षले बल हस्तान्तरण गरी शुरुवात गरेको थियो भने छात्र भलिबल प्रतियोगिताको शुरुवात १ नं खेलकुद समितिका बाबुकाजी धौबन्जारले गरेको थियो ।
आज भएको भलिवल प्रतियोगिताको छात्रतर्फको राउण्ड रविन (लिग)को खेलमा क्रमशः पद्म माविले वागेश्वरी माविलार्ई २५–१३, २५–२० ले, ख्वप माविले बासु माविलाई २५–२१, २५–१४ले, पद्म माविले बासु माविलाई २५–१३, २५–१२ले, ख्वप माविले बागेश्वरी माविलाई २५–१९, २५–२० ले पराजित गरेको थियो भने छात्रा तर्फको राउण्ड रविन (लिग) को खेलमा क्रमशः वागेश्वरी माविले हिमालयन ग्लोरी माविलाई २५–९, २५–१४ ले, पद्म माविले ख्वप माविलाई २५–१६, २५–१७ले, पदम माविले वागेश्वरी माविलाई २५–११, २५–११ ले, ख्वप माविले हिमालयन ग्लोरीलाई २५–९, २५–८ ले पराजित गरेको थियो ।

भलिबल प्रतियोगितामा ४ वटा समूहको टोली मध्ये लिग चरणको बाँकी खेलहरु चैत्र १ गते विहान ८ बजेबाट छात्र तर्फ वागेश्वरी मावि र बासु मावि तथा पद्म मावि र ख्वप माविबीचको खेल हुनेछ भने छात्रा तर्फ हिमालयन ग्लोरी मावि र पद्म मावि तथा वागेश्वरी मावि र ख्वप माविबीचको खेल हुनेछ । भलिबल प्रतियोगिताको फाइनल चैत्र १ गते दिनको १ः०० बजे हुने आयोजक समितिले जनाएको छ ।

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत २ नंं वडा समितिको आयोजनामा बासु माविमा भएको टेबुल टेनिस प्रतियोगिताको प्रथम चरणका खेलहरु आजदेखि सञ्चालनमा रहेको छ ।
उक्त टेबुल टेनिस प्रतियोगितामा मेन्स टिम इभेन्टस्, लेडिज टिम इभेन्टस्, ब्वाईज सिड्डल, युथ १६, गल्र्स सिंगल– १६, ब्वाईज सिंगल यु–१२ र गल्र्स सिंगल यु–१२ गरी ७ वटा इभेन्टस्मा २४ वटा विद्यालयका २४ छात्रा र ८७ छात्रा गरी जम्मा ११२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ४ नं. वडा समितिको आयोजनामा हुने कबड्डी प्रतियोगिता काँलाचा मार्ग भिमसेन स्थानस्थित रष्टिक ड्राइभिड्ड सेन्टरमा चैत्र १ गते विहान ८ बजे नगरप्रमुख सुनिल प्रजापतिबाट विधिवत उद्घाटन गरी सञ्चालन गर्ने जनाइएको छ । उक्त प्रतियोगितामा छात्रतर्फ १४ वटा विद्यालय र छात्रातर्फ ७ वटा गरी २१ टोलीको सहभागिता रहेको आयोजक समितिका संयोजक पशुपति प्रजापतिले जानकारी दिएको छ ।
त्यसैगरी ५ नं. वडा समितिको आयोजनामा विद्यार्थी निकेतन माविको प्राड्डणमा विहान ७ बजेदेखि नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगिता हुने आयोजक समितिबाट जानकारी प्राप्त भएको छ ।


नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा भएको कराँते प्रतियोगितामा छात्रातर्फ तृतीय हुनेमा २० के.जी. तौल समूहमा मनिसा राई (साइनिड्ड स्कूल), २५ के.जी. समूहमा रिजी त्यात (जेन्यूइन स्कूल) र गायत्री लामा(क्रियटिभ स्कूल), ३० के.जी. तौल समूहमा करुणा तामाङ्ग (हंसबाहिनी स्कूल) र सुबी श्रेष्ठ (जेन्यूइन स्कूल), ३५ के.जी. तौल समूहमा प्रियन्सा तामाड्ड (साईनिड्ड स्टुडेण्ट) र रिड्डी गाईजु (केयर किण्डर), ४० के.जी. तौल समूहमा कृष्मा ढुड्डाना (क्रियटिभ स्कूल) र सजिना तामाड्ड (साईनिड्ड स्टुडेन्ट), ४५ के.जी. तौल समूहमा विविशा तामाड्ड (सेक्रेड हार्ट) र यूनिसा प्रजापति (माउण्ट भ्याली) तथा ५० के.जी. तौल समूहमा जिना सुवाल (हिमालयन स्कूल) र प्रतिभा गाईजु (माउण्ट भ्याली) रहेको थियो भने कराँते प्रतियोगितामा छात्रतर्फ तृतीय हुनेमा २० के.जी. तौल समूहमा गजेन्द्र सिराडी (केयर किण्डर) र रासेस बासुकला (प्रभात ई. स्कूल), २५ के.जी. समूहमा दिपेज अवाल(विज्डम स्कूल) र गौरब पाण्डे (विद्या आर्जन), ३० के.जी. तौल समूहमा श्रीजन खोंजू (पारागन एकेडेमी) र कृष्ण ग्वाछा (वागेश्वरी मावि), ३५ के.जी. तौल समूहमा आभाष सुकेमनी (पारागन) र रौनिक तामाड्ड (डेमोन्स), ४० के.जी. तौल समूहमा राज तामाड्ड (वागेश्वरी मावि) र शक्ति परियार (जागृति मावि), ४५ के.जी. तौल समूहमा धनराज विष्ट(बासु मावि) र रमिन मोक्ता(बासु मावि) तथा ५० के.जी. तौल समूहमा आभास बोहरा (वागिश्वरी मावि) र सुवास लामा (डेमोस) रहेको थियो ।
कराँते प्रतियोगिताको सबै तौल समूहको फाइनल खेल चैत्र ३ गते ६ वडा कार्यालयको प्राड्डणमा हुने आयोजक समितिले जनाएको छ ।

त्यसैगरी नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १० नं. वडा समितिको आयोजनामा सरस्वती विद्यागृहको प्राड्डणमा भएको खो–खो प्रतियोगितामा शारदा माविले पारागन एकेडेमीलाई १२–११ ले, होली गार्डेन ई. स्कूलले बासु माविलाई १५–९ ले, विद्या आर्जन स्कूलले स्कलर्स होमलाई ७–५ ले, हिमालयन ग्लोरी ई स्कूलले जेन्यूइन ई. स्कूललाई ११–१० ले, बागेश्वरी माविले रोम्बस ई. स्कूललाई १५–२ तथा प्रभात ई. स्कूलले प्रोवेस ई. स्कूललाई १५–६ ले पराजित गरेको छ ।
खो–खो खेलको क्वाटर फाइनल खेलहरु चैत्र १ गते दिनको १ः४० बजेबाट सोही स्थानमा जेसीज् ई. स्कूल र शारदा मावि, बाल विकास से. स्कूल र हिमालयन ग्लोरी ई. स्कूल, बासु मावि र विद्या आर्जन स्कूल, बागेश्वरी मा.वि. र प्रभात ई. से. स्कूलबीच हुने आयोजक समितिले जनाएको छ ।
