उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

न्यूज अपडेट भक्तपुर, २ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्राङ्गणमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन सोमबार गरेकाे छ । कार्यक्रमको समापन भनपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सोही दिन सम्पन्न भएकाे हाे। कार्यक्रममा उपप्रमुख जोशीले समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र […]

Continue Reading

नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

न्यूज अपडेट भक्तपुर, २ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भएकाे छ। समापनमा प्रमुख प्रजापतिले शिक्षासँगसँगै खेलकुद क्षेत्रलाई पनि भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखी नगरको विभिन्न वडाहरुमा ५ वटा खेलको प्रशिक्षण निरन्तर सञ्चालन गरिरहेको बताए। उनले विद्यार्थी जीवनमा अनुशासन अपरिहार्य हुने […]

Continue Reading

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा एकैदिन ३८ जना मारिए

न्यूज अपडेट एजेन्सी, २ चैत म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका थिए । चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको थियो […]

Continue Reading

धुम्बाराही बैठक : ओली र नेपालबीच भनाभन, छलफल निष्कर्ष विहिन

न्यूज अपडेट काठमाडाैं, २ चैत प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते शुक्रबार केन्द्रीय कमिटीबाट भएका निर्णय नसच्याउने अडान लिएका छन् । सोमबार एमाले मुख्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीचको वार्तामा ओलीले फागुन २८ गतेका निर्णय सच्याउन तयार नभएपछि वार्ता सकारात्मक हुन नसकेको नेताहरुले बताए । ‘तपाईंले एकपक्षीय रुपमा गरेका निर्णयलाई कसरी […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ७५ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, २ चैत पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ३ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ९५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण गर्दा […]

Continue Reading

टेकु अस्पतालको सर्भे : वयस्कमा भन्दा ६५ वर्ष माथिकालाई खोपले देखाउने असर कम

न्यूज अपडेट काठमाडाैं, २ चैत कोभिड १९ विरुद्धको खोप लगाएपछि शरीरमा त्यसको विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो प्रतिअसर सामान्यदेखि जटिल खालका हुन्छन्। सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, थकाई र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, वान्ता आउने, माशंपेसी वा जोर्नी दुख्ने र फ्लुको जस्तो लक्षण यसको सामान्य असरहरु हुन्। तर […]

Continue Reading