काठमाडौं, १९ कात्तिक
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २२औं स्थापना दिवसको अवसर पारी विविध कार्यक्रमहरु गरेका छन् । सोही क्रममा सोमबार च्याम्हासिंहमा रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाका समिति, उपसमिति, कर्मचारीलगायतका शुभचिन्तक तथा सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पुरुष ४१ जना र महिला ९ जना गरी जम्मा ५० जनाले रक्तदान गरेको संस्थाले जानकारी दिएको छ ।
यसअघि आइतबार बाघचाल प्रतियोगिता भएको थियो ।