भक्तपुर बचतको अर्धबार्षिक समीक्षा सम्पन्न, प्रतिकूल समयमा पनि संस्था अब्बल

अर्थ/वाणिज्य विशेष समाचार समाचार

प्रेम प्रजापति
भक्तपुर, ९ फागुन


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम आइतबार संस्थाकै भवनमा सम्पन्न भएको छ । सहकारी मूल्य मान्यतालाई अँगाल्दै समाजमा रहेका साना पूँजीलाई एकत्रित गर्न सफल भक्तपुर बचतले देशको अर्थतन्त्र प्रतिकूलका बाबजूद साढे तीन अर्बको दायित्व बोक्न सफल रहेको समीक्षामा आएका छन् ।

प्रमुख अतिथि एवं ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वबाट उद्घाटन भएको उक्त कार्यक्रममा भक्तपुरका सहकारी संस्थाबारे नगरसभामा गम्भीर छलफल भएको बताए । उनले भने, ‘हाम्रो रकम गलत ठाउँमा प्रयोग नहोउन्, हाम्रो रकमले हाम्रै जीवन उकास्न मदत पुगोस् ।’ जनताको रकम गलत ठाउँमा प्रयोग गरेकै कारण कुनै सहकारी बन्द गर्न बाध्य भएको उनले स्पष्ट पारे । साथै नगरसभामा सहकारी बहुउद्देश्यीय भवन सम्बन्धी कार्यविधि पारित गरेको उनले बताए । भक्तपुर आदर निकेटन व्यवस्थित रुपमा सञ्चालन हुने बताउँदै युवा केन्द्रीत रोजगारमूलक गतिविधिहरुमा पनि संस्था लाग्नु पर्नेमा जोड दिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)बाट सहकारी गान दोस्रो हुन सफल लेखक तथा सल्लाहकार लक्ष्मीनारायण दुवालले ्संस्थामा जस्तोसुकै समस्या आएपनि योजनाबद्ध रुपमा तयारी हुनुपर्ने बताए । उनले समाजमा अस्तित्वमा रहन समाजका लागि काम गर्नुपर्ने बताए । कार्यक्रममा कोषाध्यक्ष राम प्रसाद प्रजापतिले संस्थाको वित्तीय विवरण प्रस्तुत गरेको उक्त कार्यक्रममा आदर निकेतनको अनुभवबारे तारादेवी धन्छाले बताएको थियो ।


कार्यक्रमको दोस्रो चरणमा समूह छलफलबाट महिला, युवा र सांस्कृतिक उपसमितिका तर्फबाट आदर निकेतन र सामाजिक पक्षका विषयमा चन्द्रलक्ष्मी दुवाल र विकास प्रजापतिले प्रस्तुति गरेका थिए । त्यस्तै आर्थिक पक्षका विषयमा शिक्षा र ऋण उपसमितिकाका तर्फबाट लक्ष्मी प्रसाद दुवाल, व्यवस्थापकीय क्षेत्रको विषयमा कृषि र खेलकुद उपसमितिका तर्फबाट निराजन प्रजापति र प्रशासनिक पक्षका विषयमा सूचना तथा प्रकाशन र व्यवसाय प्रबद्र्धन उपसमितिका तफैबाट कृष्णश्वरी दुवालले प्रस्तुती गरेका थिए ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार कृष्ण प्रसाद धन्छा, उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मीप्रसाद कुसीलगायतले समीक्षा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *