इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया: डीडीए रिपोर्ट तयार, बाेर्ड र व्यवस्थापनमा सहमति

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २९ फागुन

इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया: डीडीए रिपोर्ट तयार, बाेर्ड र व्यवस्थापनमा सहमति

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको छ । दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) तयार भएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले जानकारी दिए । ‘दुबै बैंकको डीडीए सकिएको छ,’ उनले भने ‘ आगामी साता बैंक सञ्चालक समिति बोर्डमा पेश गर्ने तयारी भएको छ ।

त्यसपछि सबै प्रक्रिया मिलाएर मर्जरमा जाने उनले बताए । बैंकहरूले मर्जरमा जाने तयारी गरेपनि बैंकको नाम र शेयर स्वाप रेसियो भने बोर्ड बैठकपछिमात्रै तय हुने उनले बताए । नयाँ बन्ने बैंकको नामले दुबै बैंकको नामको पहिचान कायम राख्नेछ । मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहन सक्ने देखिएको छ ।

बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको हैसियत करिब करिब उस्तै भएकोले शेयर स्वाप रेसियो १ बराबर १ नै हुने अनुमान गरिएको छ । तर, यसको निर्णय भने भएको छैन । ‘दुबै बैंकको डीडीए रिपोर्ट आइसकेकाले बोर्ड बैठकपछि व्यवस्थापनको संरचनाबारे सहमति हुनेछ । दुई बैंक मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बन्ने छन् भने बैंक अध्यक्ष पृथ्वी वहादुर पाँडे बन्ने तयारी भएको छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । यी दुई बैंंक मर्जरमा गएपछि नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ । वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । सो नीतिलाई्र अनुसरण गर्दै दुबै बैंकले मर्जर जाने तयारी अघि बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *