आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ४ माघ
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। गत २४ घण्टामा २ सय ६६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को मोरङमा ३ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को सप्तरीमा मात्र १ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा ५, धादिङमा ३, नुवाकोटमा १०, भक्तपुरमा ९, रोमछापमा १ र ललितपुरमा २३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, तनहुँमा २, नवलपरासीमा पूर्वमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, दाङमा ३, पाल्पामा २, बर्दियामा २, बाँकेमा १५, रोल्पामा १ र रुपन्देहीमा ७ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *