बसपार्कमा फिल्टर जडान

समाचार स्वास्थ्य

सल्यान २६, बैशाख


कर्मचारी मिलन केन्द्र सल्यानले सदरमुकाममा रहेको पुरानो बसपार्कमा फिल्टर जडान गरेको छ । सेवा लिन सदरमुकाममा आउने सेवाग्राहीको सहजताको लागी शुद्ध पिउने पानीको ब्यबस्था गर्न फिल्टर जडान गरिएको हो । बिहीबार फिल्टर जडान गर्दै केन्द्रका अध्यक्ष नारायण लामिछानेले गर्मीयाममा सेवाग्राहीको सहजताको लागी फिल्टर जडान गरेको बताए ।
यहाँबाट जिल्ला हुलाक कार्यालय सल्यानले पनि आफ्नो सेवा सञ्चालन गरेको छ । हुलाक टिकट बिक्री, चिठ्ठीपत्र संकलन, खुद्रा पैसा सटही लगाएतका सेवा सञ्चालन गर्दै आएको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताए । फिल्टर जडान पश्चात बसपार्कबाट प्रदान गरिदैँ आएको सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *