भाइरल ज्वरोका कारण विद्यालय बन्द

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १ माघ

भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ।

निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए।

गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन्। विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनीक कार्य सञ्चालन गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ।

शिक्षा समितिको मङ्गलबार बसेको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै एक सप्ताहका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *