अस्पताल र फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध, हड्ताल गरे के सजाय हुन्छ?

समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २७ जेठ

सरकारले केही क्षेत्र थप्दै  हडताल गर्न निषेध गरिएका क्षेत्र  २५ पुर्‍याएको छ। मन्त्रिपरिषदको बैठकले  हडताल गर्न निषेध गरिएका आवश्यक सेवाहरूको सूचीमा केही क्षेत्र थपेको हो।

यसअघि १९ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएकोमा त्यसलाई बढाएर २५ पुर्‍याइएको हो। यो सूची राजपत्रमा प्रकाशित भएको  छ।

कुनकुन सेवामा हडताल निषेध
-डाँक, तार वा टेलिफोन सेवा
-जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
-हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
-हवाई ग्राउन्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
-प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
-हातहतियार खरखजाना वा अरू कुनै सैनिक सरसमानको उत्पादन गर्ने थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित -नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
-सञ्चार सेवा
-आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
-खानेपानीको सञ्चालन तथा वितरण सेवा
-पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा
-पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
-अस्पताल तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवाजस्ता सेवाहरू)
-औषधि निर्माण तथा विक्री वितरणसम्बन्धी सेवा
-फोहोरमैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विर्सजन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
-ब्याङ्किङ सेवा
-बीमा सेवा,विद्युत्‌ सेवा
-दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
-मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
-मास्कसम्बन्धी सेवा
-ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा
-भेटरनरीसम्बन्धी सेवा
-कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
-राहदानी विभागबाट प्रदान हुने सेवा
-इन्टरनेट सेवा

हडताल गरे के सजाय
उक्त ऐनअन्तर्गत निषेध गरिएको कुनै हडताल कसैले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई छ महिनासम्म कैद वा २,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

आवश्यक भनिएका कुनै सेवामा हडताल गर्न वा त्यसमा भाग लिइराख्न दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा १,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। ऐन अन्तर्गत निषेध गरिएको कुनै हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिई राख्न कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा निजलाई एक वर्ष सम्म कैदै वा एक हजार सम्म जरिवाना वा दुबै सजाय हुनेछ।

यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा निजलाई एक वर्षसम्म कैद वा एक हजार सम्म जरिवाना वा दुबै सजाय हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *