जाकार्ताबाट उडेको विमानको दुर्घटनास्थल पत्ता लाग्यो

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

एजेन्सी, २६ पुस

जाकार्ताबाट उडेको विमानको दुर्घटनास्थल पत्ता लाग्यो

इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार अपरान्ह उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए ।
जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको थियो । जहाजका केही अवशेष र लासहरु समेत दुर्घटनास्थलमा देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *