असार २६ गते बकर इदमा सार्वजनिक बिदा

कला/साहित्य विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २२ असार

सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *