पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिए, ३३९९ जनाको पिसिआर परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ पुस

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८२ हजार २ सय ४६ पुगेको छ।

आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ५७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ५ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *