काठमाडौं उपत्यकामा १२६ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २६ पुस

पछिल्लो २४ घण्टामा काठमाडौं १२६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९८ हजार ६९९ जना संक्रमित भएका छन्, जसमध्ये ४८० जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ११३ जना निको भएका छन्।

ललितपुरमा १५ हजार ५४६ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार १५४ जना निको भएका छन्।

भक्तपुरमा ९ हजार ३९ संक्रमितमध्ये ११० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८८२५ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार १०६ ललितपुरमा २४०  र भक्तपुरमा १०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *