उद्योग वाणिज्य संघ इटहरीको पदस्थापना सम्पन्न

समाचार

सुनसरी,२ साउन


उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विहिबार एक कार्यक्रम बिच उनीहरुलाई पदास्थापना गराएकी हुन् । नवनिर्वाचित अध्यक्ष भिम पौडेल सहितका निर्वाचितहरुलाई पदस्थापना गराईएको हो । शैलेस विष्टको समुहलाई हराउँदै भिम पौडेलको समुह निर्वाचित भएको थियो । अध्यक्ष सहित १७ सदस्यका लागि भएको निर्वाचनमा विष्ट समुहका उमेश दाहाल मात्रै विजयी भएका थिए । वस्तुगत तर्फ गोलाप्रथाबाट दाहाल विजयी भएका हुन् । अन्य पदाधिकारीहरु पौडेल समुहका छन् ।
संघले निर्वाचित पदाधिकारीहरुलाई पद बाँडफाँड पनि गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा दिवस पोखरेल, उपाध्यक्षद्वयमा अनिल सुब्बा र लक्ष्मण हुमागाई रहेका छन् । त्यसै गरि महासचिव पिताम्बर पोखरेल, कोषाध्यक्षमा गायत्री भण्डारी चयन भएकी छिन् ।
उद्योग सचिवमा विष्णु डागी र बाणिज्य सचिवमा शोभा कोईराल (सविना)लाई मनोनित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष भिम पौडेलले ब्यापारीहरुको हक हितको विषयमा गम्भिर रुपमा लाग्ने बताए । आफुले निर्वाचन अगाडि बाढेको आश्वसन जसरी पनि पुरा गर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *