२३५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, ११७९ होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ पुस
देशभर हाल २ सय ३५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९१ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ७९ आइसियु र २६ भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३६ आइसियु र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ६ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा ४ आइसियुमा र २ जना भेन्टिलेटरमा छन्।

यस्तै, देशभर हाल १ हजार १ सय ७९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ४ हजार ४ सय २२ सक्रिय संक्रमितमध्ये १ हजार १ सय ७९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार २ सय ४३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रदेश १ मा १ सय ७६, प्रदेश २ मा ६६, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा २ सय ६६, लुम्बिनी प्रदेशमा ४ सय २९, कर्णालीमा १२ र सुदूरपश्चिममा २ सय जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *