पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ७ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ११ माघ

 पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार २ सय ५५ पुगेको छ।

आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ४५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ४६ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २२ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा १ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *